साहित्यकार सरुभक्तलाई मातृभूमि साहित्य पुरस्कार

हेटौंडा,मकवानपुर ।

हेटौंडाका शिक्षासेवी आशिष श्रेष्ठले आफ्ना पिता श्याम श्रेष्ठको स्मृतिमा स्थापित एवम् मातृभूमि साहित्य समाज ,मकवानपुरद्धारा संचालित श्याम श्रेष्ठ स्मृति मातृभूमि साहित्य पुरस्कार यसवर्ष साहित्यकार सरुभक्तलाई प्रदान गरेको छ । नेपाली साहित्यको विभिन्न विधामा अनवरतरुपले कलम चलाउँदै योगदान पु¥याएवापत साहित्यकार सरुभक्तलाई यो पुरस्कार सहित नगद रुपियाँ पन्ध्रहजार एक विशेष कार्यक्रमका विच गत शनिवारका दिन हेटौंडामा साहित्यकार दूर्गाप्रसाद श्रेष्ठले प्रदान गर्नु भएको थियो । तिसको दशकदेखि साहित्य सृजनामा लाग्नु भएका पुरस्कृत ब्यक्तित्व साहित्यकार सरुभक्तका विभिन्न विधाका एकचालिसवटा कृति प्रकाशित भईसकेकाछन् भने उनी प्राज्ञ सदस्य समेत भईसकेकाछन् ।