जन्मदिनमा सरुभक्तको विज्ञान कथा र वेभसाईट लोकार्पण

पोखरा ,भाद्र २४ गते ।

साहित्यकार सरुभक्त सरोकार केन्द्रको दशौं वार्षिकोत्सव एवम् सरुभक्तको ५९ औं जन्मदिवसको अवसरमा एक विशेष समारोहका विच फाईन प्रिन्टद्धारा प्रकाशित सरुभक्तको विज्ञान कथा र सरोकार केन्द्रद्धारा निर्माण गरिएको वेभसाईट डब्लुडब्लुडब्लु डट सरुभक्त डट ओआरजी को लाकार्पण गरिएको थियो । नेपालका वरिष्ठ चित्रकार दूर्गा वरालले पुस्तक र सरुभक्तले वेभसाईटको लोकार्पण गरेका थिए । सरोकार केन्द्रका संयोजक महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो समारोहमा प्रमुख अतिथी दूर्गा वरालले साहित्यकार सरुभक्त एक कर्मठ र महान स्रष्टा भएको बताएका थिए । उनले सरुभक्तसंग आफ्नो लामो समयदेखि सम्पर्क भएको र धेरै अवसरमा सहकार्य गरेको पुरानो अनुभव पनि सुनाएका थिए । समारोहमा प्रकाशक फाईन प्रिन्ट र सरुभक्तको बिषयमा विधावारिधि गरेका ब्यक्तित्व लक्ष्मीशरण अधिकारीलाई सम्मान गरिएको थियो भने दूर्गा बराल, सरुभक्त, बिजय बजिमय,सरस्वति प्रतिक्षा,महेन्द्र श्रेष्ठ,लक्ष्मीशरण अधिकारी, अजित बराल, सुरेश रानाभाट आदिले आ—आफ्ना भावना ब्यक्त गरेका थिए ।