अपिल

request

साहित्यकार सरुभक्त विशुद्ध नेपाली साहित्यका उदियमान लेखक हुन् । आफ्नो तीन दशक लामो साहित्यिक यात्रामा उहाँले करिब पाँच  दर्जन भन्दा बढी कृतिहरु लेखिसकेका छन् । नेपाली साहित्यका पारखीहरुका लागि नवीन प्रयोग,  नयाँ विषयवस्तु र दार्शनिक चिन्तन सहितको साहित्य दिन सक्नुनै उहाँको विशेषता रहन गएको छ । प्राप्त गर्नुभन्दा प्रदान गर्न बढी अभिरुचि राख्ने साहित्यकार सरुभक्त राष्ट्रकै एक निधी हुन् भन्दा कुनै अत्युक्ति नहोला । यस्ता राष्ट्रिय निधीको समयमै पहिचान गरी उचित संरक्षण , सम्बर्धन र सम्मान गर्न सकियो भने मुलुक थप समृद्धशाली बन्ने कुरामा कुनै शंका छैन ।
हामीलाई लाग्छ, स्रष्टा सर्जकको संरक्षण र सम्मान नै आजको आवश्यकता हो । साहित्यकार सरुभक्त सरोकार केन्द्र, नेपाल यसै मान्यताको उपज हो ।
साहित्यकार सरुभक्तबाट हामीले र राष्ट्रले थुप्रै थुप्रै नविन कृतिहरु पाउने आशा एवम् विश्वास राखेका छौं । तर एक लेखकबाट आशा राखिनु मात्र निश्चयनै न्याय सङ्गत हुँदैन । यसको लागि उहाँका सुभेच्छुकहरु, समाज र राष्ट्रबाट पनि समयोचित अनुकूल वातावरण, प्रेरणा र हौशला प्रदान गरिनु पर्दछ । यही नै आजको आवश्यकता  हो । अत: एक अत्यन्त कृयाशील, अत्यन्त सृजनशील स्रष्टाप्रति समर्पित भई स्थापना भएको यस सरोकार केन्द्रले तपाई वाङ्मय प्रेमी, राष्ट्रप्रेमी दाजुभाई दिदीबहिनीहरुको अमूल्य सहयोग र सद्भावको अपेक्षा गरेको छ ।
अन्तमा, साहित्यकार सरुभक्त सरोकार केन्द्र, नेपालले गरेको प्रतिवद्धताप्रति होस्तेमा हैसे गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुप्रति हार्दिक अपिल गर्दछौं ।
धन्यवाद ।

नियमित पाठक क्लब बारे केही कुरा
यस साहित्यकार सरुभक्त सरोकार केन्द्र, नेपालले ‘अब सरुभक्तका कृतिहरु तपाईकै घरमा’ भन्ने नारा सहित नियमित पाठक क्लब (Regular Readers club) को व्यवस्था गरेको छ ।
साहित्यनुरागी र साहित्यप्रेमीहरुको व्यस्ततम समय, पसलमा गई पुस्तक किन्ने झन्झट, भनेको बेला चाहेको पुस्तक नपाउने समस्या आदिलाई मध्येनजर राखी यस नियमित पाठक क्लबको व्यवस्था गरिएको हो । यसबाहेक नियमित पाठक क्लबको अवधारणा भनेको सर्वसाधारण र असाहित्यिक व्यक्तिलाई पनि साहित्यप्रति आकर्षित गर्नुका साथै नेपाली वाङ्मयको विकास गर्नु पनि हो । यो सेवा नेपालका पाठकहरुका लागि मात्र प्राप्त हुनेछ ।
त्यसैले,
>   तपाई आजै नियमित क्लबको निःशुल्क सदस्य बन्न सक्नु हुनेछ ।
>  नियमित पाठक क्लबको सदस्य बन्न केन्द्रले व्यवस्था गरेको सदस्यता फारम भर्नु पर्नेछ ।
>    सदस्यता फारम सासस केन्द्र, नेपालको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सक्नु हुनेछ ।
>   एक पटक सदस्य बनेपछि साहित्यकार सरुभक्तका पुस्तकहरु नियमित घरमै उपलब्ध हुनेछ ।

 

सहयोगको अपिल

प्रस्तुत विषयमा साहित्यकार सरुभक्त नेपाली वाङमयको क्षेत्रमा एक सुपरिचित नाम नै हो । करिब ५ दर्जन जति कृतिका सर्जक सरुभक्तका करिब तिनदर्जन कृतिहरु प्रकाशित भइसकेका छन् । नेपाली साहित्य सृजनामा विक्रमाब्द २०३४ साल देखि निरन्तर कृयाशील रहँदै आउनु भएका साहित्यकार सरुभक्तले रचना गर्नुभएका कविता, मुक्तक, गीत, कथा, नाटक, उपन्यास आदि विद्याका करिब तिनदर्जन कृतिहरु अझैपनि प्रकाशनमा आउन सकेका छैनन् जुन नेपाली वाङ्मयको क्षेत्रमा ज्यादै दुःखद कुरा हो भन्ने हामीलाई लागेको छ । यसै सन्दर्भमा सरुभक्तका सम्पर्ण अप्रकाशित कृतिहरु छिटो भन्दा छिटो प्रकाशित हुनुपर्छ भन्ने मान्यता यस केन्द्रले राखेको छ । यसप्रति सम्बन्धित निकाय, सरोकारवाला संघसंस्था, उद्यमी, व्यवसायी लगायत साहित्यप्रेमी सम्पूर्ण नेपालीहरुको ध्यानाकर्षण गराउन चाहन्छौं । अतः साहित्यकार सरुभक्त सरोकार केन्द्र, नेपालले साहित्यकार सरुभक्तका सम्पूर्ण अप्रकाशित पुस्तकहरु यथाशीघ्र प्रकाशित गर्ने अवधारणानुरुप ल्याइएको यस योजनामा यहाँको स्वच्छिक सहयोगको लागि विनम्रताका साथ अनुरोध गर्दछौं ।
यहाँको सानो सहयोगले नेपाली साहित्यको क्षेत्रमा र विशेषतः साहित्यकार सरुभक्तको सृजनशीलतामा अमुल्य टेवा पुग्न जाने कुरामा हामी पूर्ण विस्वस्त छौं ।

हाम्रो प्रस्ताव

समुहगत प्रकाशक सम्बन्धि संक्षिप्त जानकारी
साहित्यकार सरुभक्तका २६ वटा विभिन्न विधाका कृतिहरुलाई सरल र यथाशक्य छिटो प्रकाशित गर्ने लक्ष्य र उद्देश्य अनुरुप यस केन्द्रले समुहगत प्रकाशक सम्बन्धि अवधारणालाई अगाडि सारेको व्यहोरा सहर्ष जानकारी गराउँदै यहाँको अमूल्य सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।

 

१) न्यनतम रु. २५, ०००।– र त्यसभन्दा बढि आर्थिक सहयोग गर्ने दाताहरु अनुसूचि ‘क’ मा उल्लेखित २६ वटा पुस्तकका प्रकाशक बन्नेछन् । दाताहरुको नाम ठेगाना सबै कृति अर्थात २६ हजार प्रति पुस्तकमा प्रकाशन गरिने छ । कृपया अनुसूचि ‘क’ हेर्नुहोला ।

२) न्यूनतम रु. १०, ०००।– र त्यसभन्दा बढि आर्थिक सहयोग गर्ने दाताहरु अनुसूचि ‘ख’ मा उल्लेखित दशवटा पुस्तकका प्रकाशक बन्नेछन् । दाताहरुको नाम ठेगाना दशवटा कृति अर्थात १० हजार प्रति पुस्तकमा प्रकाशन गरिनेछ । कृपया अनुसूचि ‘ख’ हेर्नुहोला ।

 

३) न्यूनतम रु. ५०००।– र त्यसभन्दा बढि आर्थिक सहयोग गर्ने दाताहरु अनुसूचि ‘ग’ मा     उल्लेखित पाँचवटा पुस्तकका प्रकाशक बन्नेछन् । दाताहरुको नाम ठेगाना पाँचवटा कृति अर्थात ५ हजार प्रति पुस्तकमा प्रकाशन गरिनेछ । कृपया अनुसूचि ‘ग’ हेर्नुहोला ।

 

 

अनुसूचि – क सरुभक्तका अप्रकाशित कृतिहरु

क्र.सं. कृतिको नाम विद्या
आधा मरेका सन्तान बाल–मनोवैज्ञानिक नाटक
मलामी मलामीहरु दुई नाटक
बरै/बाघजात्रा दुई नाटक
थाङला पूर्णाङ्की नाटक
मिथक र स्वास्नी मान्छेहरु नाटक संग्रह
गृहिणी, एक सपना हो दुई नाटक
पीडाकाल कविता संग्रह
भृकुटी पूर्णाङ्की नाटक
मलाई पोटासियम साइनाइड देउ कविता संग्रह
१० चट्टानहरु कविता संग्रह
११ पीडादेश कविता संग्रह
१२ निरमाया पूर्णाङ्की नाटक
१३ यानिमाया पूर्णाङ्की नाटक
१४ समयको दुखान्त गीत पूर्णाङ्की नाटक
१५ प्रतियुगीन नाटक संग्रह
१६ मुर्दाघरको कविता पूर्णाङ्की नाटक
१७ समयको दुखान्त गीत विज्ञान नाटक
१८ बालबालिका र राक्षसहरु बाल नाटक संग्रह
१९ वीर वीरङ्गाना पूर्णाङ्की नाटक
२० भुईचालो नाटक संग्रह
२१ समय संवाद पूर्णाङ्की नाटक
२२ पोष्टकार्डमा बाँचेको सुन्दर गाउँ नाटक संग्रह
२३ पृथ्वीको सवाई बाल काव्य
२४ ढुंगामाटो उचालेर गजल संग्रह
२५ समययात्रा मुक्तक संग्रह
२६ आफ्नै धर्ती आफ्नै गीत गीत संग्रह

अनुसूचि – ख सरुभक्तका अप्रकाशित कृतिहरु

क्र.सं. कृतिको नाम विधा
निरमाया पूर्णाङ्की नाटक
यानिमाया पूर्णाङ्की नाटक
कोण पूर्णाङ्की नाटक
प्रतियुगीन नाटक संग्रह
मुर्दाघरको कविता पूर्णाङ्की नाटक
समयको दुखान्त गीत विज्ञान नाटक
बालबालिका र राक्षसहरु बाल नाटक संग्रह
वीर वीरङ्गाना पूर्णाङ्की नाटक
भुईचालो नाटक संग्रह
१० समय संवाद पूर्णाङ्की नाटक

अनुसूचि – ग सरुभक्तका अप्रकाशित कृतिहरु

क्र.सं. कृतिको नाम विद्या
पोष्टकार्डमा बाचेको सुन्दर गाउँ नाटक संग्रह
पृथ्वीको सवाई बाल काव्य
ढुंगा माटो उचालेर गजल संग्रह
समययात्रा मुक्तक संग्रह
आफ्नै धर्ती आफ्नै गीत गीत संग्रह







Write your comment within 199 characters.