इतिहास

सरुभक्त सरोकार केन्द्रको स्थापना सम्बन्धी इतिहास

विगत तिनदशक भन्दा लामो समय देखि नेपाली वाङमयको क्षेत्रमा कृयाशील रहँदै निरन्तर योगदान दिदै आउँनु भएका साहित्यकार सरुभक्तले आफ्नो सृजनायात्रामा अनेकन वाधा, व्यवधान र समस्याहरु भोग्दै आएको र त्यसले उहाँको लेखकीय स्वतन्त्रता र सृजनात्मक गतिविधिमा प्रतिकुल असर पार्दै आएको अवस्थालाई देख्दै भोग्दै आएको अवस्थामा साहित्यकार सरुभक्त सम्वद्ध विषयमा छलफल, विचारविमर्श गर्ने उद्देश्यनुप श्री महेन्द्र श्रेष्ठको विशेष पहल र संयोजनमा मिति २०६० भाद्र ६ गते शनिबारका दिन विहान ८:०० बजे पोखराको चिप्लेढुङ्गा स्थित आलमोण्ड रेष्टुरेण्टमा एक भेला बोलाइएको थियो । साहित्यकार सरुभक्तका निकटतम साथीहरु, परिवारजन र इष्टमित्र मध्ये सो भेलामा विनोद गौचन, तीर्थ श्रेष्ठ, महेन्द्र श्रेष्ठ, जयन्द्र राजभण्डारी, ठाकुरप्रसाद पन्त, निरज थापा, ईश्वरमणि अधिकारी, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, रमेश अधिकारी, भोजबहादुर जि.सी, विकाश प्रधानाङ्ग, दिनेश श्रेष्ठ र प्रकाश घिमिरे ज्यूको उपस्थिति रहेको थियो ।
साहित्यकार सरुभक्तको साहित्यिक गतिविधि प्रति अत्यन्त गम्भिरतापूर्वक छलफल भएको सो भेलाले निम्नानुसारको निर्णय गरेको थियो ।

 

१) नेपाली वाङमयका अत्यन्त कृयाशील एवम् सृजनशील साहित्यकार सरुभक्तको व्यक्तित्व र कृतित्वप्रति निर्दिष्ट लक्ष्यहरु राखी त्यसलाई अझ व्यवस्थित एवम् संस्थागतरुपले विकसित गर्नको लागि “साहित्यकार सरुभक्त सरोकार केन्द्र, नेपाल” स्थापना गर्ने र सो का लागि निम्न बमोजिमको तदर्थ समितिको निर्माण गर्ने भन्ने निर्णय गरियो ।

 

 

अध्यक्ष श्री तीर्थ श्रेष्ठ
उपाध्यक्ष श्री विनोद गौचन
महासचिव श्री महेन्द्र श्रेष्ठ
कोषाध्यक्ष श्री आनन्द श्रेष्
सदस्य श्री रमेश अधिकारी
सदस्य श्री ईश्वरमणि अधिकारी
सदस्य श्री दिनेश श्रेष्ठ
सदस्य श्री टोपबहादुर थापा
सदस्य श्री प्रकाश घिमिरे

 

 

२) “साहित्यकार सरुभक्त सरोकार केन्द्र ,नेपाल” को औपचारिक घोषणा वहाँको जन्मोत्सवको अवसरमा आगामी तीजका दिन पोखराका वाङमयिक संघ/संस्थाहरुको प्रतिनिधि र स्थानीय तथा राष्ट्रिय पत्र पत्रिका तथा मिडियाहरुका पत्रकारहरुको समुपस्थितिमा गर्ने भन्ने निर्णय गरियो ।

 

३) यस केन्द्रको विधान, निति नियमको तर्जुमा तथा कार्यक्रमहरुलाई व्यवस्थित गर्नको लागि माथि उल्लेखित तदर्थ समितिलाई नै जिम्मा दिने भन्ने निर्णय गरियो ।