नेपाली साहित्य र वाङमयको क्षेत्रमा तीसको दशक देखि कथा, कविता, नाटक, उपन्यास, मुक्तक, गीत—गजल लेखन कार्यमा निरन्तर साधनारत् रही जीवन समर्पित गर्नुका साथै राष्ट्रको कला, साहित्य र वाङमयिक उन्नयनको उत्थान र समृद्धिमा बिशिष्ट योगदान गरी ‘नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान’ को कुलपति जस्तो गरिमामय ओहदामा आसिन भईसक्नु भएका सुप्रशिद्ध साहित्यकार सरुभक्त श्रेष्ठ (वास्तबिक नाम : भक्तराज श्रेष्ठ) को सिर्जना यात्रा, उहाँको जीवन, चरित्र एवम् उहाँको योगदानको उच्च सम्मान गर्दै बिबिध वाङ्मयिक एवं सामाजिक कार्य गर्ने अभिप्रायले ‘सरुभक्त केन्द्र’ को स्थापना गरिएको छ ।
प्राज्ञ सरुभक्तको जन्म वि.सं. २०१२ साल, हरितालिका तीजका दिन पोखरा उप–महानगरपालिकाको बागबजारमा भएको हो । पिता श्री गणेश बहादुर तथा माता श्रीमति लक्ष्मी देवी श्रेष्ठज्यू का पाँच भाई छोराहरु मध्ये उहाँ जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँको प्रारम्भिक शिक्षा—दिक्षा घरकै वातावरणमा भएको थियो भने औपचारिक शिक्षा गण्डकी बोर्डिङ्ग स्कुल (पुरानो नाम : गण्डकी आदर्श आवासिय बिद्यालय ) बाट प्रारम्भ भएको थियो । स्कुल अध्ययन गर्दा उहाँ हरेक वर्ष आफ्नो कक्षामा प्रथम स्थानमा रहनु भएको थियो । उहाँले एस. एल.सी. परिक्षा तात्कालिन राष्ट्रिय बहुमुखी बिद्यालय पुरानो टुँडिखेल ( हाल : राष्ट्रिय मा. बि. ) बाट दोश्रो श्रेणीमा उत्तिर्ण गर्नु भएको थियो ।
एस. एल. सी. पछि उहाँको उच्च शिक्षा काठमाण्डौको अमृत साइन्स कलेजबाट प्रारम्भ भएको थियो । आई. एस्सी उत्तिर्ण गरे पछि उहाँको शिक्षा पोखराको पृथ्वी नारायण बहुमुखी क्याम्पसमा भएको थियो । स्नातक पछि उहाँ पुन : अध्ययनको क्रममा किर्तिपुर स्थित त्रिभूवन विश्वबिद्यालय तर्फ लाग्नु भएको थियो । जहाँ सरुभक्तले अर्थशास्त्र, मानवशास्त्र र अंग्रेजी बिषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको थियो ।
बास्तविक नाम भक्त श्रेष्ठ भनेर चिनिने उहाँको साहित्यिक नाम सरुभक्त हो । उहाँको औपचारिक साहित्यिक यात्रा २०३४ सालबाट प्रारम्भ भएको हो । करिब साढे चार दशक लामो साहित्यिक यात्रामा उहाँले कविता/गीत/मुक्तक/एकाङ्की, पूर्णाङ्की नाटक/विज्ञान उपन्यास/विज्ञान कथा/बाल साहित्य/उपन्यास आदि विधामा सशक्तरुपले कलम चलाउँदै आउनु भएको छ । उहाँले नाटक, कविता लेखनमा नेपालको सर्बोत्कृष्ट पुरस्कारहरु पाउनु भएको छ । रङ्गमञ्च तर्फ लेखन, अभिनय र निर्देशनमा उत्कृष्टता हाँसिल गरी विभिन्न पुरस्कार र सम्मान पाउनु भएको छ ।
वि.सं. २०४८ सालमा 'पागलबस्ती' उपन्यासका लागि मदन पुरस्कार प्राप्त साहित्यकार सरुभक्तले देश विदेशका दर्जनौं पुरस्कार/सम्मान/अभिनन्दन ग्रहण गरीसक्नु भएको छ । हङ्गकङ्ग पोखरा, चाइना कम्पनी जस्ता लोकप्रिय गीतका सर्जक साहित्यकार सरुभक्त पहिलो चोटी वि.सं.२०६१ सालमा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यको रुपमा मनोनित हुनु भएको थियो भने बिक्रमाब्द २०७२—७५ सम्मका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सर्वोच्च ओहदा कुलपतिमा आसिन हुनुहुन्थ्यो ।
सरुभक्तको व्यक्तित्व र कृतित्व विषयक कृयाकलाप गर्ने ।
सरुभक्तको व्यक्तित्व र कृतित्वको अभिलेखिकरण गरी (बिभिन्न माध्यममा) भविष्यका पाठक र अनुसन्धानकर्ताहरुलाई सहयोग पु¥याउने ।
सरुभक्तद्धारा स्थापित ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार’ संचालन गर्ने । अन्य पुरस्कार पनि स्थापना गर्दै जाने ।
साहित्यिक एवं बिभिन्न सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिने ब्यक्ति र संस्थालाई सम्मान गर्ने ।
देशका जेष्ठ नागरिक, बिपन्न र सिमान्तिकृत समुदाय, असक्त बालबालिका र प्रकोप पीडितहरुलाई यथाशक्य सहयोग उपलब्ध गराउने । ५. देशका जेष्ठ नागरिक, बिपन्न र सिमान्तिकृत समुदाय, असक्त बालबालिका र प्रकोप पीडितहरुलाई यथाशक्य सहयोग उपलब्ध गराउने ।
आवश्यकता अनुसार अन्य साहित्यिक र सामाजिक महत्वका कार्यक्रम सञ्चालन गर्ने ।
समकालिन नेपाली साहित्यको क्षेत्रमा सर्वाधिक सशक्त, सृजनशील र कृयाशील हस्ताक्षरको रुपमा स्थापित साहित्यकार सरुभक्त कुनै एक वर्ग, समुदाय, जिल्ला, क्षेत्र, प्रदेशको मात्र नभै राष्ट्रिय सम्पदाको रुपमा रहनु भएको कुरा निर्विवाद छ । नेपाली वाङमयको क्षेत्रमा उहाँको सृजना यात्रा र त्यसले प्राप्त गरेको सफलता नै उहाँको परिचयको द्योतक हो । यसबाहेक साहित्य लेखनमा उहाँको तपस्या, निष्ठा, इमानदारिता संगसंगै उहाँको ब्यक्तिगत जीवनशैली र चरित्र पनि नेपाली वाङमयको क्षेत्रमा स्तुत्य रहन गएको छ । उहाँ एक सन्त लेखक, दार्शनिक चिन्तक र सरल ब्यबहारका धनी ब्यक्तित्व हुनुहुन्छ । कथा, कबिता, उपन्यास, नाटक, गीत, गजल, मुक्तकका दर्जनौं पुस्तक लेखिसक्दा पनि उहाँको लेखन यात्रा थामिएको छैन । उहाँबाट नेपाल राष्ट्र र नेपाली पाठकहरुले अझ उत्कृष्ट सृजनाको अपेक्षा गर्नु अस्वाभाविक पक्कै छैन । यतिमात्र नभै साहित्यकार सरुभक्तको सृजना यात्रा हिजो जति उर्वर थियो त्यति नै आज पनि उर्वर रहेको छ । भविष्यमा पनि हामी यही अपेक्षा गर्न सक्दछौं ।
यसै परिप्रेक्ष्यमा, साहित्यकार सरुभक्तको सृजना यात्रामा कुनै बाधा अड्चन नहोस् , सृजना यात्रा निरन्तर अघि बढोस् , उहाँको उत्साह र उमंगमा कुनै कमी नहोस् बरु सक्दो सहयोग र हातेमालो गर्न सकौं भन्ने अभिप्रायका साथ ‘सरुभक्त केन्द्र’ कृयाशील रहँदै आएको छ । साहित्यकार सरुभक्तको सृजना यात्रालाई अघि बढाउने क्रममा होस् वा यस केन्द्रको पवित्र उद्धेश्य परिपूर्ति गर्ने क्रममा किन नहोस् बिगत देखि वर्तमान सम्म धेरै ब्यक्ति—ब्यक्तित्व, सरोकार वाला निकायहरु, प्रकाशन गृह, संचारकर्मी बन्धुहरु, परिवारजन, इष्टमित्र र सुभेच्छुकहरुको साथ र सहयोग पाउँदै आएको कुरा स्मरण गर्नु वान्छनिय ठान्दछौं र सधन्यवाद सहित आभार ब्यक्त गर्दछौं । बिगतका दिनमा यहाँहरुबाट प्राप्त बैचारिक, भौतिक, आर्थिक, नैतिक र अन्य बिभिन्न खालका सहयोग र सद्भाव ज्यादै स्तुत्य छ । हामी यहाँहरुका प्रति नमन गर्दै भविष्यमा पनि थप सहयोग र सद्भावको अपेक्षा गर्दै यस पुनित कार्यमा एकाकार भैदिनुहुन हार्दिक अपिल पनि गर्दछौं । आगत दिनमा यहाँहरुबाट प्राप्त हुने बैचारिक, भौतिक, आर्थिक, नैतिक र अन्य योगदान एवं सद्भावले स्रष्टा सरुभक्त मात्र नभै नेपाली वाङमयको क्षेत्र नै धन्य हुने कुरामा हामी पूर्ण आशावादी छौं । धन्यवाद ।