Sarubhakta Center

सरुभक्त केन्द्र

सूचना : नेपाली वाङमयका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठले स्थापना गर्नुभएको ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार' प्रत्येक वर्ष नगद रु. ५०,०००/— (पचास हजार) तथा सम्मान पत्र सहित अन्तर्राष्ट्रीय बाल दिवसको सन्दर्भ पारेर बितरण गरिने भएकोले देश भर छरिएर रहेका १६ वर्ष मुनीका बाल प्रतिभाहरुले आ—आफ्नो प्रतिभा प्रमाणित हुने गरी ‘सरुभक्त केन्द्र’ को ठेगानामा आवेदन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । ठेगाना : गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारको सचिवालय, सरुभक्त केन्द्र— बागबजार, पोखरा—१, फोन : ०६१—५७१८५५/०६१५५३८३१ इमेल : info@sarubhakta.org .

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार : संक्षिप्त परिचय

                  नेपाली साहित्य लेखनका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठज्यूले आफ्ना पूजनीय पिता गणेशबहादुर श्रेष्ठ र माता लक्ष्मी माया श्रेष्ठको स्मृतिमा रु. ११, ५०,००० (एघार लाख पचास हजार रुपियाँ) को अक्षय कोष स्थापना गरी यस “सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार” स्थापना गर्नुभएको हो ।
              १६ वर्ष मुनीका नेपाली बालबालिकाहरु, जस्ले आफ्नो अदम्य प्रतिभा देखाई मुलुकको इज्जत, प्रतिष्ठा र गरिमा कायम गर्न सफल भएको छ , त्यस्ता प्रतिभालाई हरेक वर्ष रु. ५०, ००० (पचास हजार रुपियाँ) नगद राशी सहित सम्मान—पत्रद्धारा “सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार” अर्पण गरिने छ । यो पुरस्कार मूलतः साहित्य, कला, संगीत, खेलकूद, पर्वतारोहण, बिज्ञान तथा प्रविधि, नृत्य, मौलिक आबिष्कार लगायतका क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्ष नकटेका बालबालिकाहरुलाई सम्मान र प्रोत्साहन स्वरुप प्रदान गरिने लक्ष राखिएको छ ।
             यो पुरस्कार बिक्रमाब्द २०५७ देखि २०६९ सम्म पोखराको कुमुदिनी होम्स बिद्यालयले बितरण गर्दै आएको थियो भने, हाल यो पुरस्कार बितरण र व्यवस्थापनको जिम्मेवारी पुरस्कारका संस्थापक श्री सरुभक्त श्रेष्ठको चाहना अनुसार सरुभक्त केन्द्रले  ग्रहण गरेको छ ।


५ सदस्यीय प्रतिभा चयन समिति ।
१) श्री सरस्वती प्रतिक्षा— संयोजक
२) श्री उपेन्द्र पौडेल— सदस्य
३) श्री रीता ढकाल अधिकारी— सदस्य
४) डा. रेशम थापा— सदस्य
५) श्री रामकृष्ण ज्ञवाली— सदस्य


सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्राप्त प्रतिभाहरु

    १. श्री तेम्बाछिरी शेर्पा— सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने १६ वर्ष मुनीका बिश्व कै प्रथम युवा (२०५७)
    २. श्री ज्योती थापा— नृत्य क्षेत्र (२०५८)
    ३. श्री ऋतु लामा— गायन क्षेत्र (२०६०)
    ४. श्री शिखा कटुवाल— कला क्षेत्र (२०६१)
    ५. श्री करुणा गुरुङ— कला क्षेत्र (२०६२)
    ६. श्री सिपोरा गुरुङ— खेलकुद क्षेत्र (२०६४)
    ७. श्री कुशल के.सी.— बिज्ञान तथा प्रविधि क्षेत्र (२०६५)
    ८. श्री निमा छ्याङदी शेर्पा — सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने १६ वर्ष मुनीका बिश्व कै प्रथम महिला (२०६९)   
    ९. श्री सुप्रीम मल्ल ठकुरी (गायक तथा कलाकार—२०८०)